Monday, May 9, 2016

कविता


कविता


उनी,
घर छेउको मनमोहक सिमसार बिर्सेर​
नैनीतालमा रमाउँछीन​
किर्तिपुर र धुलिखेलका विश्वविध्यालय बिर्सेर​
अष्ट्रेलिया र अमेरिका धाउछीन​
अनि,
राष्ट्रिय ध्वजाबाह्क लत्याएर​
सरर.. र.. र… निजि विमानमा सयर गर्छिन ।

तैपनि,
राष्ट्रियवादको कोरा वकालत गर्न छाड्दिनन्
र, वकमफुस्रे भाषणहरूमा,
मधेश र पाहड  बिच खाल्डो खन्छिन्
धोति र टोपी  बिच युद्ध छेड्छिन्
काला र गोरा  बिच दक्षिणवाद र उत्तरवादका  विल्ला भिडाउछिन्

दुर क्षितिजको दर्शकदिर्घामा म​,
भिजेको मुसा झैँ
खुसुक्क उनको भाषण मनन गर्छु
चिसिएको मनले
लुसुक्क उनको शाषण सहन गर्छु
अनि रितिएको पेटले
सुटुक्क उनको रासन सेवन गर्छु
त्यहि भएर​,
कथित राष्ट्रियवादले आज मलाई
रङहरूको पर्वमा बेरङ बनायो
रातमा फुलेर बिहानिपख झर्ने पारीजात बनायो
र

गुन गुन गरिरहने झुल बाहिरको मछड बनायो ॥॥॥

0 comments:

Post a Comment