कविता
उनी,
घर छेउको मनमोहक सिमसार
बिर्सेर
नैनीतालमा रमाउँछीन
किर्तिपुर र धुलिखेलका
विश्वविध्यालय बिर्सेर
अष्ट्रेलिया
र अमेरिका धाउछीन
अनि,
राष्ट्रिय ध्वजाबाह्क लत्याएर
सरर.. र.. र…
निजि विमानमा सयर
गर्छिन ।
तैपनि,
राष्ट्रियवादको
कोरा वकालत गर्न
छाड्दिनन्
र, वकमफुस्रे भाषणहरूमा,
मधेश र पाहड बिच
खाल्डो खन्छिन्
धोति र टोपी बिच
युद्ध छेड्छिन्
काला र गोरा बिच
दक्षिणवाद र उत्तरवादका विल्ला
भिडाउछिन्
दुर क्षितिजको दर्शकदिर्घामा म,
भिजेको मुसा झैँ
खुसुक्क उनको भाषण
मनन गर्छु
चिसिएको मनले
लुसुक्क उनको शाषण
सहन गर्छु
अनि रितिएको पेटले
सुटुक्क उनको रासन
सेवन गर्छु
त्यहि भएर,
कथित राष्ट्रियवादले आज मलाई
रङहरूको पर्वमा बेरङ बनायो
रातमा फुलेर बिहानिपख झर्ने
पारीजात बनायो
र
गुन गुन गरिरहने
झुल बाहिरको मछड
बनायो ॥॥॥
0 comments:
Post a Comment