Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Showing posts with label eps. Show all posts
Showing posts with label eps. Show all posts

Wednesday, August 10, 2016

पहाडकी परीको ब्याकअप प्रेमी

पहाडकी परीको ब्याकअप प्रेमी


घरकी एक्ली छोरी । उनको परिवार लिवाङको  हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भ​एका । त्यहिभ​एर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो ।


Taplejung, Nepal

मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भ​एकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो । म उनको फूपुको घर प्रायः ग​ईरहन्थे । पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलो चोटी यसै दिन देखेको थिए । आन्टीले चिनाजान गराईदिनु भयो । उनैको कामको लागि डाक्नु भ​एको रहेछ- महेन्द्र बहुमुखि क्याम्पस ग​एर बिबिएस भर्ना गरिदिनलाई ।
होची, होची परेकी । रातो गाला, थेप्चो नाक,  नाकको देब्रेपटी कोठी भ​एको । सानो-न​-सानो आखाँ, घुम्रिएको हल्का कैलो कपाल​, सामन्य भन्दा अलिक ठुलो वक्षस्थल​, फिक्का पहेलोँ ज्याकटमा मनमायालाई पहिलो चोटी देख्दा लाग्थ्यो हिमालको परी समथर भुमि पहिलो खेप टेकेकी छे ।

सुन्दर, शान्त , नेपाल 

सोझी थिई । अनुहारको आभाबाट पनि सोझी नै देखिन्थी । लगाई खुवाई सबै सामन्य । पूर्वीय पहाडको लवजमा बोल्थी, पुरै गाउँले पारामा । लजाउँथी पनि र डराउँथी पनि । एकमुष्ट भन्नुपर्दा धरानको आधुनिकतामा सुहाएकी थिईनन्, मनमाया । यही कारण सुरुका दिनहरुमा उनको समिप्यतामा मलाई खासै चाख लागेन ।

Ghantaghar, Dharan, Nepal

धरानमा नयाँ थिई । उनको केही काम पर्दा नर्बदा आन्टीले मलाई नै भन्नुहुन्थियो  । त्यहिभ​एर मन नलागि नलागि साताको एक दुई चोटी भेट भइरहन्थ्यो  । क्रमिक भेट सगैँ र अनेकौ कामले गर्दा भ​एको भेटघाटले उनलाई म सगँ विस्तारै सजिलो भइरहेको थियो । साथसाथै मलाई भेट्दा पहिला पहिला देखिने लज्जाभाव पनि विलाईरहेको थियो ।
घोपा जाने क्रममा एकदिन उनले खुल्दै भनि- "सात महिना भएछ​, तपाई सगँ भेट भ​एको । मेरो जीवनको सबैभन्दा बढी सगंत गरेको साथी तपाई नै हो सौरभ।" अनी हुदाँहुदाँ कहिले काहीँ काम बेगर पनि भेट्न खोज्थी।
मैले केटीहरुको सगंत धेरै गरेको थिईन । र मेरो केटी साथीहरु पनि फालाफाल थिएन । भिमे, दले र बखतेहरु सगँ सेउतीको डिलमा बसेर चुरोटको धुवा उडाउनु मै मस्ती थियो केटीहरुको गनगने सगंत भन्दा ।
समयको बहाव सगैँ ऊ मिसिदै थिई  धरानको लाइफ स्टाईलमा । क्याम्पसको प्रभावले पनि ऊ टाठो भइरहेकी थी । उनको पहाडे सरल स्वभाव धरानको गर्मीहरुमा सुकीरहेको थियो भने आधुनिकताको टुसा उनमा जुरमुराइरहेको थियो । अनाकर्षक मनमाया चेन्ज हुदै ग​ई ।
नचाहदाँ नचाहदैँ मनमाया सगँको भेटहरु बाक्लो हुदै गयो । दिनहुँ भेट्न थालिम । मेरा साथी बखतेहरु पनि जिल्ल परिरहेका थिए ।अझ सेउतीको डिलमा उनिहरु सगँ बसेर ओठमा चुरोट नचेपेको त धेरै भइसकेको रहेछ । सेउतीको सिरेटोमा भन्दा पनि मनमाया सगँ कहिले देखी विजयपुर डाडामा रम्न थालेछु, त्यसको अत्तो नै पाइन।
अघोषित रुपमै ऊ सगँ जम्न थाले । रम्न थाले । केयरिङ र सेयरिङ हुन थाल्यो । सधैँ ऊ भेट्न बोलाउँथी । पछि पछि त आफैँ ऊनलाई भेट्न बोलाउन थाले । आन्टी पनि मनमायाले म सगँ घुलमिल भ​एको राम्रै मान्नु हुन्थ्यो । त्यहिभ​एर जतिखेर पनि जहाँ पनि पुग्न थालिम हामी ।
एक अर्काले प्रेम प्रस्ताव नै नराखी हामी प्रेममा परेछौँ । यो कुरोको महशुस म कोरिया जाने लगभग पक्का भएपछि थाहा भयो । सबै कोरिया जाने भनेपछि मरिहत्ते गर्छन् । म चाहिँ भिषा लागेर पनि खुशी हुन सकेको थिईन  । खुशी नहुनुको  एउटै कारण मनमाया थिई । खोई किन हो, उनलाई छाडेर पैशा फल्ने देशमा जाने प्रवेशाज्ञा पाउँदा पनि मन नियास्रो नै भइरहेको थियो ।
छोटो समयमा नै हामीले हाम्रो प्रेमलाई घना बनाइसकेका थियौँ । हामीबिच रहेका सबै खाली कापहरु मायाको मैनले पुरिदिएका थियौँ । नोटको दुई पत्राहरु टासिए झैँ लपक्कै टासिएर एक भ​एको अनुभुति दिन्थ्यौँ, एकले अर्कालाई । यस्तो अवस्थामा कम्ता गाह्रो भ​एन, मनमायलाई कोरियाको लागि कन्भिन्स गर्न ।
हाम्रो सम्बन्ध नर्बदा आन्टीले पनि चाल पाइसक्नु भ​एको थियो । उहाँले हामीलाई राम्रै मान्नु हुन्थ्यो । "सौरभ बिहे गरेर जाउ । मनमायाको घरमा म कुरा मिलाउँछु" पनि भन्नु हुन्थ्यो ।
तर बिहे तत्काल सम्भव  थिएन । सबै बन्दोबस्त मिलाउन पर्याप्त समय पनि थिएन । फेरी मनमाया दोस्रो वर्षमा त बल्ल पुगेकी थिई । अध्ययन सकिन बाकी नै थियो । अर्कोतर्फ  अहिले नै बिहे गर्दा उनको बाबाको सपनामा पनि धक्का लाग्न सक्थ्यो । लप्टनसाप उसै पनि मख्ख थियो, छोरी राम्ररी  पढ्दै छे भनेर । यावत तगारोले गर्दा बिहेकै गाठो लाउन अलिक अनुकुल थिएन हामीलाई ।
मनमाया सगँ थुप्रै कसमहरु खाएर​, वाचा बन्धन गरेर​, सुरक्षित भविष्यका लागि भारी मन बोकेर कोरिया आए । कोरिया आएपछि काम बाहेकका समय उनैसगँ भाइबरमा कट्थ्यो । केही समय त निकै तड्पिए । तर कामको चटारोले बिस्तारै उ सगँको बिछोडको घाउ पुरिदै गयो ।

View of Dharan from Vijayapur

हेर्दाहेर्दै आधा वर्ष बितेछ​, कोरिया आएको । यतिन्जेल म सगँ अलिअलि पैसा पनि जम्मा भ​ईसकेको थियो । एउटा साथि छुट्टीमा नेपाल जाने बेला मनमायालाई राम्रो मोबाईल किनेर पहिलो उपहार स्वरुप पठाइदिएको थिए । उ खुशिले फुरुङग​ भई । त्यसपछि त झन हामी भिडियो कलमा झुमिन्न थालिम ।
च्याटका कुराकानीबाट म मख्ख हुन्थे । मनमाया मेरै लागि जन्मेकी जस्तो लाग्थ्यो । कहिलेकाही "नन्-भेज​" कुराहरु पनि हुन्थ्यो । काउकुती लाग्थ्यो मलाई । भिडियो कलहरुमा चुम्बनका वर्षातहरुले म घायल हुन्थे ।पुरै समर्पणको भावमा मनमाया म सगँ लिप्त थिई ।
हामी बुढासुब्बालाई साक्षी रख्थ्यौँ । भिडियो कलहरु मै बिहे गरेको कल्पना गरथ्यौँ । दुलही बनाउथेँ उनलाई । मेरो मन त्यसै फुरुङग हुन्थ्यो । टाढा भ​एर पनि उनको साथ पाइराख्दा, कोरियन भोटेहरुको पेलाई सहने उर्जा पाउँथे ।
हरेक कुरा उनको पुरा गरिदिईरहेको थिए । कोरियाबाटै उनको मोबाईलमा निरन्तर रिचार्ज गरिदिन्थे । हुन्डीबाट थुप्रै चोटी पैसाहरु पनि पठाईदिन्थे उनको नाममा । म सोच्थेँ भविष्यमा जीवन साथ निभाउने साथी थिई ऊ मेरी । त्यहीभ​एर म उनको हरेक समस्या मेरो पनि समस्या हो भनेर बुज्थेँ । घरबाट फूपुकहाँ बसेकी । जसकारण पक्कै पनि उनलाई खर्चको समस्या त परेको हुन्थ्यो । सकेसम्म उनको सबै दुख हरण गर्न खोज्थेँ ।
उनको पढाई पनि सकिने क्रममा थियो । डिग्री दोस्रो वर्ष पुगिसकेकी थिई । म कोरिया आएको पनि तीन वर्ष पुग्नै लागेको थियो । बिदा मिलाएर छिटै नेपाल ग​एर मनमायालाई सधैँका लागि आफ्नो बनाउने योजनामा थिए ।
तर सोचे जस्तो कहाँ हुदो रहेछ जीन्दगी । एकदिन ऊ सगँको च्याटमा मेरो सबै योजना बिथोलिन लागेको महशुस गरे । "अब छिटै नेपाल आउदैछु। तिम्रा पर्खेर बस्ने दिनहरु ग​ए मनमाया" भन्दा ऊ उत्साहित हुनु पर्ने । तर म छक्क परेँ । भिडियो कलमा उनको अनुहारमा मैले कुनै खुशीको भाव नै देखिन ।
उल्टै मेरो कुरा टार्न खोजी । "मेरो पढाई बाकी नै छ । जाँच आउन लागेको छ । यो वर्ष त नआउनु"भन्न थाली । खुशी हुन्छे होला भनेको त ऊ दुखी पो भ​ई ।
त्यसपछि कुराहरु हुने क्रम पातलिदै गयो । हुदाँहुदाँ फोन नै स्विचअफ गरेर राख्न थाली । म्यासेजहरु पठाउन पनि छाडी । भाइबरमा आउन पनि बन्द गरी । फेसबुक अपडेट गर्न नी छाडी ।
म तड्पिन थाले । गहिरो इनारमा खसे झैँ निसासिए ।मनमा विकारहरु थिग्रिन थाल्यो ।उथलपुथल र सकांहरुको भुईचालो नै आयो । कुराहरुको गहिरो समुन्द्र नै बन्यो ।सन्देहको टाइफुनले उर्जा नै सबै नष्ट गरिदियो ।
केही गरी पनि ऊ सगँ कन्टेक्ट गर्न सकिन​। नर्बदा आन्टीलाई सम्पर्क गर्न खोजेँ । उहाँ पनि सोलु जानु भएको रहेछ । अन्तमा मनमाया कै साथी अनुपमा जो इपिएसबाटै कोरिया आएकी थिई उनैलाई सहयोग गर्न अनुरोध गरे । अनुपमाले पनि मनमायालाई सिधैँ सम्पर्क गर्न सकिन । तर धरान मै रहेको मनमायाको एकजना मिल्ने साथीलाई फोन गरेर सबैकुरा बुझ्न​लाई मद्दत गरी ।
अफसोच् मेरो जीन्दगी । सबैकुरा बुझ्दा म त मनमायाको लागि केवल "ब्याकअप प्रेमी" रहेछु । ब्रिटिश आर्मीमा कार्यरत एकजना केटा सगँ उनको बिहेको कुरा चलिरहेको रहेछ ।
"सौरभ त केवल पकेट मनि जुटाउने ब्याकअप प्रेमी हो । कहाँ ब्रिटिश आर्मी, कहाँ कोरियाको लेवर । कम्पेयर गर्नै मिल्दैन । लेवर सगँ पनि कसैले जीन्दगी बिताउन सक्छ र " भन्थी रे ममनमायाले आफ्नो साथीहरु सगँ ।
यथार्थ बुझिसक्दा रिसले चुरचुर भइसकेको थिए । कम्पनीको ड्युटी पछि रातभरि सोजुमा डुब्न थाले । चुरोटको संख्या पनि ह्वातै बढ्न थालेको थियो । म मर्न पनि सक्दिन थिए । सुसाइड गरेर कोरियामा अर्को आत्माहत्याको समाचार बन्न पनि चाहन्न थिए । फेरी घरको एक्ली आमालाई विचल्ली बनाएर संसार त्याग्ने कुरा पनि आउँदैन थियो । बुवाको मृत्यु पछि आमालाई आजीवन मेरो आवश्यक्ता थियो ।
म डिप्रेशन तिर पनि जान चाहिन । मृत्युको बाटो पनि पहिल्याउन खोजिन । बरु "कोरियन लेवर" को ट्यागलाई शक्तिको रुपमा लिएर मनमायाको हुनेवाला ब्रिटिश लोग्ने भन्दा धेरै प्रगति गर्ने इख र अठोट पलायो ।
हिजोआज​ मनमा केही तुष नभ​ए पनि मनमाया कहिलेकाही मनमा आइरहन्छे । उनको अवोध अनुहार​, धरान पहिलो छोटी आउँदाको सोझोपन्, र उनको गाउँले लवज अझै पनि झल्झली याद आउँछ । उनले कहिले रङ फेरी, कहिले मन फेरी त्यो कुरो मैले कहिल्यै ठम्याउन सकिन । समयले ताप्लेजुङ्की मनमायालाई कहिले धरानको "मोनिका" बनाएछ त्यसको हेक्का नै पाइन मैले ।

-धिरज चौधरी 


-फ़ोनिज कोरिया मा प्रकाशित (2016-8-5)

http://www.fonijkorea.net/%E0%A4%AA%E0%A4%B9%E0%A4%BE%E0%A4%A1%E0%A4%95%E0%A5%80-%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A4%85%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0