साहित्य सबैलाई फुर्छ । फरक यत्ति हो सर्जकको प्रस्फुटन प्रकाशनयोग्य छ या छैन । हामी धेरैले थुप्रै पत्रपत्रिकामा
आफ्नो अनमोल सिर्जना समर्पण गर्छौ तर कयौँ सताब्दी सम्म त्यो सिर्जना प्रकाशन हुन्छ
या हुदैन भन्ने अत्तोपत्तो हुन्न ।
विज्ञानका जर्नलहरूमा अलग धार हुन्छ । सबै वैज्ञानिक जर्नलहरूले वैज्ञानिक आलेखहरुलाई प्रकाशनयोज्ञ छ या छैन भनी पुनरावलोकन गर्छन । वैज्ञानिकको अथक मेहेनतलाई सहज प्रतिक्रिया दिन हिचकिचाउदैनन । प्रकाशनयोज्ञ छ या छैन भनी सरल प्रतिउत्तर फर्काउन पनि पछि पर्दैनन । प्रकाशनयोज्ञ छ र आलेखमा सुधार गर्नुपर्ने केहि वुदाँहरु रहेछन भने स्पष्टसगँ ती वुदाँहरु परिमार्जन गर्नुपर्ने उल्लेख गर्छन । तर विडम्वना साहित्यिक अखवारी र दैनिक पत्रपत्रिकामा
नचिनेका र नातागोता नपर्ने व्याक्तिहरुले पठाएको सामग्रिहरुको त्यसका सम्पादकहरुले
वस्ता सम्म गर्दैनन । विज्ञानका आलेखहरु र साहित्यिक अखवारी सामग्रीमा केही नितान्त
फरक वादहरु अवश्य छन । वैज्ञानिक लेखहरू मुलतः प्रमाणहरु र परिणामहरुको विभुषणले लतपतिएका
हुन्छन भने साहित्यिक र अखवारी सामग्रीहरु
त्यस विपरित हुन्छन । तर दुवै आलेखहरुमा सर्जकको अथक लगावको गन्ध महशुस गर्न सक्छौँ
। यसकारण साहित्यिक र दैनिक अखवारीहरुमा सम्पादकहरुले
आफ्नो सम्पादकिय कर्मको पालना गर्दै आफ्नो पोल्टामा पस्किएका लेख रचनाहरुको न्याय सङत
पुनरावलोकन गरी सर्जकलाई छापिने वा नछापिने प्रतिउत्तर फर्काउनु उसको मुलधर्म हुन जान्छ
।
एक प्रखर लेखक दिलनिशानी मगर भन्छन - "मलाई अचम्म लाग्छ कि मुलधारे भनिएका अखबारका साहित्यिक कोलमहरू किन कुनै व्याक्तिका पेवा झैँ भएका छन् । उनीहरू किन सन्तुलित र समानुपातिक छैनन् । हिमालको भोटेले किन कविता लेख्दैन ? मधेसको चमारको मनमा कविता नै उब्जिन्न ?” मलाई लाग्छ यदि हुम्लाको कुनै जीवराज शाही र ताप्लेजुङकी कुनै नीरमाया लिम्बुले कविता कोर्ने हो भने सायद त्यो कविता रविन्द्र मिश्र वा विजय कुमार ले लेख्ने भन्दा पनि बढि जीवन्त र सार्थक कविता हुने थियो होला । त्यसैगरि सप्तरि वा नेपालगंजककी कुनै फुलमाया चौधरी वा आइराहा खानले कुनै लेख यदि लेखिन भने सयद त्यो लेख चन्द्रकिशोर वा धिरेन्द्र प्रेमॠिषि का भन्दा वढी प्रखर र मार्मिक हुन्थियो होला । फेरि दिलनिशानी मगरकै शब्द सापट लिएर भन्नु पर्दा - "मिडियाको मित्र नचिने सम्म, उसँग नजिक नभएसम्म, जी हझुरी नगरेसम्म कवि, लेखक र कथाकारको दर्जा पाउन मुस्किल हुन्छ । " त्यहीभएर, नातावाद- कृपावाद रहुनजेल, केन्द्रीक्रित अखवारी प्रणाली नहटुनजेल र सम्पादकहरुको तेस्रो नयनमा लागेको लेपन नधुनजेल पाठकले नया अनुहार, नया विचार रा नया विम्वका लेख रचनाको स्वाद पाउन अझै कयौँ सताब्दी कुर्नुपर्ने छ ।
0 comments:
Post a Comment