Tuesday, May 17, 2016

सपनाहरु



सपनाहरु


मेरा मित्रहरु,
कोहि मेल्बोर्नमा सपनाहरु बेच्दै छन्,
कोहि लण्डनमा सपनाहरु बुन्दै छन्,
कोहि मण्डलामा सपनाहरु साट्दै छन्,
अनि,
कोहि बैज्ञानिक र उप-बैज्ञानिक,
कोहि साहित्यकार र नाट्यकर्मी,

कोहि जीवन - दर्शनका दार्शनिक,
संगै प्रकृतिले स्पर्स गरेका साथीहरु
आज,
स्वयम् प्रकृति निर्माता भैसके,
स्वयम् संसार निर्माता भैसके,
स्वयम् सपना बिक्रेता भैसके,
तर,
गेट्स, बफ्फेट, र अम्बानीका
सपनाहरु संगै दजिने
मेरा सपनाहरु,
अझैं
जल रहित धारो जस्तो,
विर्य रहित पुरुष जस्तो,
पुष्पवृक्ष रहित घर जस्तो,
कठोर र निर्देशनहीन छन् ........................

-2016/5/18

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. तिम्रा ति सपनाहरु अनि बिपनी हरु...
    तिम्रा ति कौमार्य का चर्चा हरु
    अनि ति विर्य का छिटा हरु..
    कतै न कतै...पोखिरहेका होलान ....
    कति निस्क्रिय भए होलान त कति
    कुनै संसार मा अनुसन्धान गर्दै गरिरहेका होलान..

    ReplyDelete