Thursday, May 26, 2016

केहि गजलहरू

केहि गजलहरू

1.
फूल भनी छुन खोज्दा, घोच्छ मुटु काडाँले
मायालु भनी माया गर्यो, रुवाउँछ मन निष्ठुरीले ।

बलेसीँको पानी खस्यो, होस मेरो बल्ल खुल्यो
चोखो गुण जति लायो बुझ्ने हैन बैगुनिले ।

मझेरीमा बस्थ्यौँ हामी गफ हुन्थ्यो मिठामिठा
साथ निभाउछौ भन्थ्यौ कसम खान्थ्यो जीन्दगीले ।

जता गयो उतै देख्यो सपनाको संसार​
पग्लेको मन चट्टान भयो धोका दिदाँ बहुरुपिले । । ।
……………………………………………………………………………………………………………………………………………………………………………………
2.
तिम्रो साथ बिताएका ती पलहरुमा प्रेमको नहर बगायौ
धेरै दिन भयो नदेखेको सपनीमा आई भेट्ने रहर जगायौँ ।

घृणालयमा हुर्केकाहरू प्रेम पाउन धेरै भड्किन्छन्
भड्केको यो मनलाई तिमिले आफ्नै प्रेमको शहर घुमायौ ।

तिमि बिना सक्दिन जिउन बेहोसिको यो कस्तो लहड हो
मोहनी लायौ तिम्रो साथ बस्ने कसरि मलाई आफ्नो भर बनायौ ।

घृणा गर्ने यो मनले प्रेम गर्न थालिसक्यो
मरिसक्यो घृणा जति, घृणा मर्ने कस्तो जहर पिलायौ ।

निराशाको बाढी बग्ने आध्यारो मुहार थियो मेरो
आशाको दिप जल्छ आज​, खोइ कस्तो प्रेम लहर चलायौ । । ।
……………………………………………………………………………………………………………………………………………………………………………………

3.
गुलाफको फूल स्विकार्दा, घोच्ने काडाँ स्विकारेको छु
तिमिसँग प्रित गाँस्दा, घोच्ने वचन स्विकारेको छु ।

चन्द्रमा हेर​, उज्यालो कति, कालो दाग औल्याउदैन कसैले
त्यसैले तिमिलाई पनि प्रेम गर्दा सबै दागहरु स्विकारेको छु ।

सगरमाथा चढ्नु सघंर्षशिल हुन्छ​, चढ्न सबै आतुर हुन्छन​
तिमिलाई पाउनु कठिन छ पाउन म धेरै तड्पेको छु ।

भमराको आन्दाजमा "सबै म तिमिलाई प्रेम गर्छु " भन्छन​
रस चुस्सिएको मध्ये एज हुँ, भमराबाट धेरै रोएको छु ।

पूर्वबाट झुल्केको ओजस्वि सुर्य पश्चिममा ढल्केको छ

तिमिबाट झुल्केको म निश्चित तिमिमै ढल्केको छ । । ।

2016/5/26

0 comments:

Post a Comment