Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Showing posts with label gajal. Show all posts
Showing posts with label gajal. Show all posts

Thursday, December 29, 2016

गजल​

       गजल​


जता गयो उतै हुने, सस्तो भन्ने माया हैन ।
घरिघरि साथ दिने, साथ भन्ने छायाँ हैन ॥

देउरालीको प्रीत मझेरीमा टुट्छ भने,
छियाछिया मुटु हुन्छ​, घाउ भन्ने चाया हैन ।

बलेसीँको पानी खस्दा होस खुल्ने प्रेमीहरु,
तनधनमै मन नमार​, मन बोक्ने काया हैन ।

भित्रभित्रै छुरा चल्यो, रगत जति भित्रै सुक्यो,
मलमपट्टी लाउदा घोच्ने शब्द हान्ने दाया हैन ।

साथी भन्ने सबै जति असल हुन्छ भन्ने छैन​,
मिठो मुस्कुराउदाँ फस्ने सबै ठिटी जाया हैन ॥


-धिरज चौधरी

Wednesday, December 21, 2016

गजल​


गजल​

देश घुमेर बेश भयो ।
हत्याहिसांको भेष देख्यो ॥

बुद्धको देशमा शान्ति हरायो ।
जतातै अशान्तिको केश भयो ॥

गोला र बारुद्धको शासन चल्यो ।
संविधानको पाना जाडो छल्ने खेश भयो ॥

दुई बन्दुकको युद्ध उग्र भयो
कलमहरुको संघर्ष लेश भयो ॥

गिद्धले सबैलाई आफ्नो सिनु बनायो ।
लाशहरुको सगरमाथाको देश भयो ॥



-धिरज चौधरी

Sunday, December 11, 2016

गजल​

गजल​




मन मेरो उपहार भयो, तन मेरो नासो भयो ।
जीवनको यात्रामा प्रेम मेरो मुक्तिको  पासो भयो ॥

जीन्दगिको कस्तो नाम हो यो प्रीत लाउदा पीडा हुने,
पीडा सगैँ मन पोल्यो मन मेरो ध्वाँसो भयो ॥

तिमिसगँ पीरती बस्दा साथीभाइ खासखुस गर्छन्,
हिजोआज सबैको गफमा हाम्रो प्रेम चासो भयो ॥

आफु बेचिएर प्रेमको नाममा वेश्या बन्नेहरु,
वेष्या बन्नेलाई हाम्रो प्रेम हाँसो भयो ॥

सद्भभावको वीज उमार्न खोज्दा बाढी आई बगायो,
प्रेमको टुसा फक्राउन खोज्दा समाज हाम्रो ब्वासो भयो ॥॥॥


- -धिरज चौधरी

Thursday, May 26, 2016

केहि गजलहरू

केहि गजलहरू

1.
फूल भनी छुन खोज्दा, घोच्छ मुटु काडाँले
मायालु भनी माया गर्यो, रुवाउँछ मन निष्ठुरीले ।

बलेसीँको पानी खस्यो, होस मेरो बल्ल खुल्यो
चोखो गुण जति लायो बुझ्ने हैन बैगुनिले ।

मझेरीमा बस्थ्यौँ हामी गफ हुन्थ्यो मिठामिठा
साथ निभाउछौ भन्थ्यौ कसम खान्थ्यो जीन्दगीले ।

जता गयो उतै देख्यो सपनाको संसार​
पग्लेको मन चट्टान भयो धोका दिदाँ बहुरुपिले । । ।
……………………………………………………………………………………………………………………………………………………………………………………
2.
तिम्रो साथ बिताएका ती पलहरुमा प्रेमको नहर बगायौ
धेरै दिन भयो नदेखेको सपनीमा आई भेट्ने रहर जगायौँ ।

घृणालयमा हुर्केकाहरू प्रेम पाउन धेरै भड्किन्छन्
भड्केको यो मनलाई तिमिले आफ्नै प्रेमको शहर घुमायौ ।

तिमि बिना सक्दिन जिउन बेहोसिको यो कस्तो लहड हो
मोहनी लायौ तिम्रो साथ बस्ने कसरि मलाई आफ्नो भर बनायौ ।

घृणा गर्ने यो मनले प्रेम गर्न थालिसक्यो
मरिसक्यो घृणा जति, घृणा मर्ने कस्तो जहर पिलायौ ।

निराशाको बाढी बग्ने आध्यारो मुहार थियो मेरो
आशाको दिप जल्छ आज​, खोइ कस्तो प्रेम लहर चलायौ । । ।
……………………………………………………………………………………………………………………………………………………………………………………

3.
गुलाफको फूल स्विकार्दा, घोच्ने काडाँ स्विकारेको छु
तिमिसँग प्रित गाँस्दा, घोच्ने वचन स्विकारेको छु ।

चन्द्रमा हेर​, उज्यालो कति, कालो दाग औल्याउदैन कसैले
त्यसैले तिमिलाई पनि प्रेम गर्दा सबै दागहरु स्विकारेको छु ।

सगरमाथा चढ्नु सघंर्षशिल हुन्छ​, चढ्न सबै आतुर हुन्छन​
तिमिलाई पाउनु कठिन छ पाउन म धेरै तड्पेको छु ।

भमराको आन्दाजमा "सबै म तिमिलाई प्रेम गर्छु " भन्छन​
रस चुस्सिएको मध्ये एज हुँ, भमराबाट धेरै रोएको छु ।

पूर्वबाट झुल्केको ओजस्वि सुर्य पश्चिममा ढल्केको छ

तिमिबाट झुल्केको म निश्चित तिमिमै ढल्केको छ । । ।

2016/5/26

Tuesday, May 10, 2016

गजल​

गजल​




हरपल जताततै तिमि छाएको भान भयो ।
जिन्दगिका सबै गीतहरु तिम्रो नाममा प्रेमगान भयो ।।

आजभोलि हरेकतर्फ तिम्रो प्रेमले रमाएको छु,
त्यसैले स्वर्गका सबै अप्सरा दानवलाई स्वदान भयो ।

भोक तिर्खा सबै मेटियो, निद्रा पनि हरायो,
धेरैलाई उछिनेर तिम्रो माया पाउनु आत्माशान भयो ।

तिमिसगँ बिताएका प्रत्येक पल याद्गर थियो,
त्यसैले अरुसगँ पलहरु सुपारिसगँ खाने मिठ्ठापान भयो ।

औशीको रात पनि तिमिले गर्दा जुनेलि रात भयो,
त्यसैले  नचिनेका प्रेमपाठहरु तिमिले गर्दा चिनजान भयो ।।।

2016 May 10