Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Thursday, August 31, 2017

अन्तरजातिय बुहारी

कथा
अन्तरजातिय बुहारी


वाक चतुर्याईमा म अलिक लुरे नै थिए । कम बोल्ने स्वभावले गर्दा काम बाहेकका विषयमा त्यति गफिन सक्दिन थिए । तर अविना सगँ कुन रसायनले काम गर्यो त्यसको भेउ नै पाईन ।  कुराहरु यति धेरै फुर्थ्यो, मानौँ कुराहरुको मूल फुटेर गफहरुको बाढीमा एक अर्कालाई सुनेर बगिरहन्थ्यौँ । ऊ भन्थी- तपाईको कुराहरुबाट​ म मोहित हुन्छु । सुनिरहुँ लाग्छ तपाईका शब्दहरु । काम सगँसगैँ समयहरु उनीसगँ प्रेमिल बन्दै गयो र हामी एक अर्काको लागि अभिन्न पात्र बनिसकेका थियौँ ।
अविना र मेरो महत्वपूर्ण​ प्रयासबाट लम्पनटारमा सन्तुलित आहार सम्बन्धि सचेतनाले राम्रै प्रभाव पारिसकेको थियो । वर्ष दिनको कार्य प्रगति विवरणबाट काठमाण्डौँ स्थित अफिसमा पनि सबै सन्तुष्ट थिए । त्यहिभ​एर प्रोजेक्ट थप एक वर्ष लम्बिएला भन्ने आशामा थियौँ । तर हाम्रो आशा विपरित फन्डको अभावका कारण प्रोजेक्ट लम्विन सकेन । प्रोजेक्ट नभएपछि म काठमाण्डौँ फर्किनु पर्ने भयो । काठमाण्डौँ फर्किनु पर्ने कुराले सबै भन्दा ठुलो कम्पन अविनाको मनमा पर्यो । वर्ष दिनमा हामी दुवै एकअर्काको आड, भरोसा भइसकेकाले उनलाई सम्झाउन मलाई हम्मे हम्मे भयो ।
काठमाण्डौँ फर्केपछि  अविना सगँ नियमित असिमित प्रेमलाप भ​ईरहन्थ्यो ।
फोनमा ऊ भन्थी- "तपाईको उपस्थितिले मेरो जीवनमा केही नहुदाँ पनि सबै थोक छ । तपाईको साथले म जन्मिनुको सार्थकता बोध हुन्छ ।"
उनको कुराले म छट्पटिन्थे । तत्कालै लम्पनटार गइहालुँ जस्तो लाग्थ्यो । गएर सधैभरिको लागि उनलाई आफ्नो बनाउँ जस्तो लाग्थ्यो ।
टाढा रहेता पनि दैनिक गफले हाम्रो सम्बन्ध झन्-झन् फस्टाउदै थियो । म उनलाई बिहेको प्रस्ताव समेत राख्न भ्याईसकेको थिए । ऊ प्रफुल्ल हुन्थी । जिस्किदै हुन्छ भन्थी र भिडियो च्याटमै हामी बिहे गर्न पनि भ्याउथ्यौँ । निर्दोष मनले एकअर्कालाई यति विघ्न माया गर्दथ्यौँ की लाग्थ्यो हाम्रो सम्बन्धमा कुनै सकस छैन ।
तर एकदिन घरमा हजुरमुमा बित्नु हुदाँ काजक्रियाका क्रममा भाउजु अलग्गै बस्नु परेको देख्दा अविना सगँ मेरो सम्बन्धमा जातिय विभेदको ठुलै खाडल रहेछ भन्ने भेउ बल्ल पाए ।
भाउजु बस्नेतकी छोरी हुनुन्थ्यो । हामी उपाध्यय बाहुन । दाई र भाउजुको बिहेको बेला दुई परिवारहरुलाई रिझाउन दाईले धेरै नै कसरत गर्नु भ​एको कुरा सम्झेँ । बस्नेतकी छोरी बिहे गर्न त दाईलाई त्यसबेला महाभारत नै साम्य पार्नु परेको थियो । मैले झन मगर्नी बिहे गर्छु भन्दा कत्रो युद्द साम्य पार्नु पर्ने होला । यतिका दिन सम्म समाजमा बेला-बेला उठिरहने जातिय बहशहरुमा मलाई कुनै चासो थिएन । तर निकट भविष्यमा अविना सगँ जीवन व्यतित गर्न मैले परिवारमा एउटा ठुलै जातिय बिद्रोह गर्नु पर्ने दिन देखिरहेको थिए ।
हजुरमुमाको काजक्रिया पश्चात बोझिलो मन लिएर भए पनि नियमित अफिसमा व्यस्त हुन थाले । साँझ घण्टौँ अविना सगँ गफमा व्यस्त हुन्थे ।
कहिलेकाहीँ अविनाबाट अलग हुने सोच पनि आउँथ्यो । दाई जस्तो विद्रोह गर्ने आँट म मा थिएन । फेरी घरले सधैँ दाई भन्दा बढी आशा म बाट​ राखेको हुन्थ्यो । मगर्नी बिहे गर्दा घर​-परिवारको आशामा नराम्रो तुषारापात पर्न जान्थ्यो ।
अन्तरजातिय विवाहका कारण एउटै परिवारमा भाउजुले व्यहोर्दै आउनु भ​एको विभेदपूर्ण व्यवहारहरु सम्झेँ । घरमा कोही बित्नु हुदाँ मात्रै होइन​, समय​-समयमा घरमा लगाईने पूजाआजामा पनि भाउजु बस्न पाउनुहुन्नथ्यो । धार्मिक कार्यक्रमहरुमा भाउजुलाई एक किसिमको अघोषित बर्जित नै लगाईएको थियो ।
समाजमा उपल्लो वर्ग कहलिएको क्षेत्री-बाहुन बिचमा बिहेबारी हुदाँ त एक किसिमको छुवाछुत अझैँ गाडिएकै छ । तल्लो वर्ग कहलिएको दलित समुदायहरु सगँ समाजले अझ कुन हद सम्मको छुवाछुत लादेको होलान्। यस्तै कुसोचहरुमा अविनामाथि आईपर्ने विभेद सम्झेँ । परिवारको मन्जुरीमै ऊ सगँ बिहे भयो भने पनि धार्मिक क्रियाकलाप लगायत अन्य थुप्रै परम्पराहरुमा उनले एक किसिमको भाउजु जस्तै आफ्नै नातेदारहरुबाट विभेदकारी नियति अवश्य भोग्नु पर्ने देखेँ ।
समयको गतिमा हाम्रो प्रेम दुई वर्ष पुग्न लागेको थियो । दिनहरु बित्दै जादाँ उनले पनि काठमाण्डौँमा एउटा राम्रो खाध्य कम्पनिमा जागिर पाइसकेकी थिई । उनी काठमाण्डौँ आएपछि मन मात्रै होइन हामी तनले पनि निकै नजिक थियौँ ।
गफ सगँसगैँ भेटहरुको रफतार बढ्दै थियो । काठमाण्डौँका लगभग सबै डेटिङ स्पटहरु चाहरिसकेका थियौँ । उनको आगमनबाट म सन्तुष्ट थिए । तिनले भरपुर माया गर्थी । स्वार्थ रहित । धमिलो रहित । उद्देश्य रहित । संवेदनाले भरिपूर्ण माया छताछुल्ल पार्थी ।
मलाई भने जातभातको काडाँले घोचिरहन्थ्यो । कहिलेकाहीँ यति गहिरो बिझाउँथ्यो की अविनालाई भविष्यमा आईपर्ने मानशिक तनावबाट मुक्त राख्न बेलैमा प्रेमको साङ्लो चुडाईदिउँ जस्तो लाग्थ्यो । तर सक्दिन थिए । उनलाई देख्ने बित्तिकै, भेट्ने बित्तिकै कायल​ पर्थे । सबै खील​हरु फूल झैँ नरम लाग्न थाल्थ्यो । त्यहिभ​एर मैले कहिल्यै जातभातको तुषलाई ऊ समक्ष खोल्ने चेष्टा गरिन​ । सबै समस्याहरुलाई समयको घेराबन्दीमा थन्काइदिए । र निसंकोच अविनाको प्रेममा लिन हुन थाले ।
एकसाँझ​ घरमा मेरो बिहेको कुरा चल्ने क्रममा साहस बटुलेर अविनाको कुरा अगाडी सारे ।
पहिला फोटो देखाएँ ।
ममीले "के थरी " भनेर​ सोध्नु भयो ।
अक्मकिदै "थापा……मगर" भने ।
त्यति भन्न नपाउँदै ममी र डेडी रिसले चुर हुनुभयो । दुवैजना उठेर आफ्नो कोठा जानु भयो । दाई-भाउजु केहि बोल्नु भ​एन​। त्यसपछि केहि दिन मेरो बिहेको चियोचर्चो निस्केन ।
दाईले अन्तरजातिय बिहे गर्नु भ​एकोले ममीडेडीलाई सम्झाउन केही सहज त थियो । तर अर्को समस्या घरको मुख्य व्यक्ति हजुरबुवालाई मनाउन पहाड फोर्नु बराबर थियो । ८६ वर्षको वृद्ध हजुरबुवालाई भाउजुको हातको भान्सा त चल्दैन थियो, मगर्नीको हातको भान्सा त झन् अछुत हुने भईहाल्यो  ।
एकदिन अफिसमा एउटा इमेल आयो । सउल नेशनल विश्वविध्यालय​ दक्षिण कोरियामा विध्यावारिधि अध्ययनका निम्ति छात्रवृति पाएको खबर रहेछ । धेरै अगाडी छात्रवृतिका निम्ति उक्त विश्वविध्यालयमा आवेदन ​दिएको थिए । लगभग एकवर्ष पछि छात्रवृति उल्लेख गरेको इमेलले निकै खुशी बनायो । हतारहतार अविनालाई फोन गरेर सुनाए । घरमा पनि खबर गरे ।
छात्रवृतिको खुशी सगैँ विदेश जाने भ​एपछि अविना सगँको बिहेको लागि डेडीममी पनि आफैँ राजी हुनुभयो । विदेश जाने चटारो, समयको अभाव र मुख्य कुरो अन्तरजातिय बिहे हुने भ​एकाले अविना र मेरो विवाह एकदमै सामन्य रुपमा सम्पन्न भयो ।
बिहेको एकसाता पछि हामी दुवै दक्षिण कोरियाको लागि उड्यौँ । उडान भरि अनेक कुराहरु मन्थन गर्दै बित्यो । दाई र मैले दुवैले अन्तरजातिय विवाह गरेकाले ममीडेडीको आफ्नै जातमा धुमधामले हाम्रो बिहे गर्ने सपना त्यसै तुहिएको थियो ।
धेरै विचारहरु फुरिरहेको मेरो मनमा खुशीको तरङग पनि महशुस गरिरहेको थिए । धन्न​ विदेश जाने भएपछि हाम्रो विहेले मुर्तरुप लिएको थियो । विदेश जाने भ​एरै अविनाले आफ्नै परिवारमा अन्तरजातिय कलह तत्काल​ भोग्नु परेन । रीतितीथिहरुमा बन्देज सहनु परेन । विदेश जाने भ​एरै उनले आफ्नै परिवारमा अनेक परम्परागत अछुत व्यवहारको शिकार महशुस तुरुन्तै गर्न पाइनन् । भविष्यमा जे पर्ला पर्ला यस्तै कुराहरु सोच्दै थिए ।
अविनाले- "के सोचमा डुब्नु भयो" भन्दा झल्यासँ  भ​ए ।
मैले कुरा टार्दै भने -" केहि होइन, कोरियामा हाम्रो भविष्य कस्तो होला भनेर कल्पिएर​ भित्रभित्रै रोमान्चित भाको ।"
कोरियाको सुखद जीवन र विध्यावारिधिको सोधमा व्यस्त रहदा दुई वसन्त बितेको पत्तै पाईन । एकदिन घरबाट खबर आयो- हजुरबुबा सिकिस्त हुनुन्छ । तलाई खोज्दै हुनुन्छ । सक्छस भने नेपाल तुरुन्तै आइज ।​
लगभग ९० वर्षको हजुरबुबाको अनुहार अन्तिम पटक हेर्न मेरो मन छट्पटिन थाल्यो । विदा मिलाएर अविना र म नेपाल फर्कियौँ । तर हामी आईपुग्दा निक्कै ढिला भईसकेको रहेछ । हजुरबुबालाई दागबत्ति पनि दिईसक्नुभ​एको रहेछ ।
सबैजना काजक्रियाका लागि गगंबु स्थित क्रियाघरमा हुनुन्थ्यो​ । त्यहाँ अविना र म पुग्दा भाउजुले हतारहतार आविनालाई आफु बसेको अलग्गै ठाउँमा लग्नुभयो ।
म ट्वाल्ल पर्दै उही हजुरमुमा बित्दाको भाउजुले झेल्नु परेको अछुतो व्यवाहार पुनः दोहरिदै ग​एको दृश्य देखिरहेको थिए ।


-धिरज चौधरी

Thursday, August 24, 2017

पिएचडी फोविया

अनुभव​
पिएचडी फोविया

अनुसन्धान त्यो कार्य हो जुन गरिरहेको हुन्छु तर मलाई नै थाहा हुदैन के गरिरहेको हुन्छु
कोरियाको ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै दिनहुँ चौध-पन्ध्र​ घण्टा व्यस्त रहन्छु तर मलाई स्वयम थाहा हुदैन के मा व्यस्त रहन्छु मध्यरात ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज के गरे ?” छटपटी सुरु हुन्छ निन्द्रा लाग्दैन दिनभरिको उपलब्धी केही भेट्दिन अर्को दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु
प्रारम्भमा पिएचडी को विध्यार्थी हुदाँ अहिले केही अन्तराल बिताईसक्दा धेरै उतारचढाव  भोगीसके भोग्दैछु महत्वाकाङ्क्षाहरु घाताङ्कीय क्रममा उधो लाग्दै पहिलो वर्ष मेरो अध्ययनको विषयमा के-के गर्छु जस्तो लाग्थ्यो थुप्रै रिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो तर निरस एकैखाले दैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन​ एउटा निश्चित महत्वपूर्ण  उद्देश्यका प्राप्तीका निम्ति अनुबन्धित तर​ उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन्
मोवाइलको अलराम सगैँ ब्युझिन्छु प्रोफेशर भन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु आफ्नो डेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु कफी पिउँदै एकलट इमेल चेक गर्छु अनलाईन न्युजहरु सरसर्ती हेर्छु सामाजिक संजालाहरुमा एकफन्को मार्छु त्यसपछि ल्यावको काम तिर ध्यान मोड्छु अघिल्लो दिनको अधुरो कामलाई निरन्तरता दिन्छु यतिकैमा लन्च टाइम हुन्छ लन्च पछि पुनः काम सुरु गर्छु काम गर्यो , मेहनत गर्यो, समय  खर्चियो तर जीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ
साझँ पर्छ मस्तिष्कको उर्जा शिथिल भैसकेको हुन्छ​ । सुन्य परिणामले फ्रस्टु पारेको हुन्छ ल्याव नोट​, ल्याव रिपोर्ट​, पेपर रिसर्च प्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन यसरी पुरै दिन लगभग आधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ अनेक तिक्तताका बाबजुद​ मेरोपिएचडी चक्र यसरी नै चलायमान भईरहेको छ​
मेरोपिएचडी चक्रकोरियामा अध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला   पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक रोमान्चित विकेन्ड हुन्छ समय लाग्ने प्रयोगहरुले गर्दा धेरैले ल्यावलाई नै आफ्नो डेरा बनाउछन् फाष्टफुडहरु प्रायः हाम्रो लन्च बन्छ फ्रिजका वासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ कहिलेकाहीँ हुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् त्यस्ता पार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान ल्यावकै सेरोफेरोमा सेलाउँछ​
पिएचडीको उत्तरार्धमा इमेलहरुले पनि चैनले बस्न दिदैन इन्बक्समा टोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनै निकै पिडादायक रिसर्च पेपरहरु राम्रो जर्नलमाअक्सेप्टेडलेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामीरिजेक्टेड”​, “रिभ्यु”, “अक्सेप्टेडजस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ एउटा पेपर कम्तीमा चार​, पाँच वटा जर्नलबाट रिजेक्टेड को घाउ नपाए सम्म छापिन मुश्किल पर्छ इमेल रिफ्रेश गरिरहने लत  लाग्छ कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ
एकाध विदामा कतै एको बेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटा जर्नल छापियो ? कहिले ग्र्याजुएशन हुदैछौँ ?” अवोध केटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला सुम्सुम्याएर ​दिक्क बनाए जस्तै, यस्ता प्रश्नहरुले अनाहकमा मलाई दिक्क बनाउँछ मनमा चसक्क घोच्छ आफैलाई बुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षित हुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् गर्लफ्रेन्ड हुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर​ सम्म पुग्छन् जहिले ल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे विकल्प खोज्न बाध्य बन्छे अनि आफ्नो बाटो तताउन विवश पर्छे बिहे गरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ​ जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको पिएचडी एउटा कहर नै सावित हुन्छ त्यसमाथि घरपरिवार, श्रीमती पनि सोही स्टाइपेन्डमा निर्भर भने महिनाको अन्त्यतिर खल्तीमा मानओन पनि बच्दैन दौतरीहरु कोहि विदेशमा कोही स्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ चार​, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश​ हुन्छ
जीवन यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ । त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा पनि तितो लाग्छ  जीन्दगी ।
पिएचडी प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ । एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता विविध समस्याहरुको पर्खाल​ भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा यस्तो घडी आउँछ जहाँबाट​ उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी सोधकर्ताहरु सक्षम हुन्छन् ​।
समग्रमा पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु भन्ने अचम्म लाग्न  सक्छ । तर सुस्तरी हामी बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन जीउने कला समान्तर रुपमा सिक्दै ग​ईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात  आफ्नै देश​, आफ्नै समाजमा फर्केर पुग्दा सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश​ हुन्छ । पिएचडीको आफ्नै मान भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ । त्यहीभ​एर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।



-धिरज चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf