Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Monday, April 17, 2017

अस्तित्ववोध

अस्तित्ववोध



त्यहाँ एक्कासी बज्रपात पर्छ ।
शत्रुको सन्निकट उपस्थितिले,
उनीहरु अत्तालिन्छन्,
खेतको डिलैडिल दौडिन्छन्,
अनि,
आफुतिर सोझिएका बन्दुके फोहोराहरुबाट छेलिन खोज्छन् ।

उनीहरु शत्रु हुन या होइनन् ?
तर​,
सबैले शत्रुहुनुको भाव पोख्छन् ।
उनीहरु हीतकारी छन् या छैनन् ?
तर​,
सबैले अहितकारीको लेप लाईदिन्छन् ।
उनीहरु देशद्रोही हुन या होईनन् ?
तर​,
सबैले विखण्डनकारी देख्छन ।

उनीहरु,
सदियौँ देखीको पीडाहरुबाट थलिएका छन् ।
आफ्नै जङ्गलको झ्याँसहरुमा
आफ्नै अस्तित्ववोधको पीडा भेट्छन्,
आफ्नै जङ्गलको धुनहरुमा
आफ्नै गीतहरु नबज्दाको पीडा सुन्छन्,
आफ्नै जङ्गलको रुखहरुमा
आफ्नै गुडहरु भत्किदाको पीडा पोख्छन् ।
फगतको आत्माङकुरित त्राशहरुले,
उनीहरुका,
कयौँ वसन्तहरु धुमिलिए,
कयौँ पालुवाहरु उजाडिए,
कयौँ  कोईलीहरु मारिए ।

नव याम आउला,
नव  वर्ष आउला,
नव समय आउला,
यस्ता आशाका त्यान्द्रा उन्दै उनीहरु  सोच्छन्-
आफ्नै पुर्खाको जङ्गलमा ओत लाग्न​
पुर्ख्यौली सिहंहरुको हत्या गर्नु नपरोस,
आफ्नै माटोमा अस्तित्ववोधका निम्ति
पुर्ख्यौली व्वाँसोहरु सगँ युद्ध लड्नु नपरोस​,
र​
आफ्नै इतिहासाका पानाहरुमा नाम कोराउन​
पुर्ख्यौली सुगाँहरु सगँ थुतुनो च्यात्नु नपरोस ।

नव वर्ष २०७४ सालको मगंलमय शुभकामना !!!


-धिरज चौधरी

Published in http://suvadin.com/news/words/happy-new-year-