अनुभव
पिएचडी फोविया
“अनुसन्धान
त्यो कार्य
हो जुन
म गरिरहेको
हुन्छु तर
मलाई नै
थाहा हुदैन
म के
गरिरहेको हुन्छु
।“
कोरियाको
ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै छ । दिनहुँ
चौध-पन्ध्र घण्टा
व्यस्त रहन्छु । तर
मलाई स्वयम थाहा हुदैन म के
मा व्यस्त रहन्छु । मध्यरात
ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज
के गरे ?”
छटपटी सुरु हुन्छ । निन्द्रा
लाग्दैन । दिनभरिको
उपलब्धी केही भेट्दिन । अर्को
दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु ।
प्रारम्भमा
पिएचडी को विध्यार्थी हुदाँ र अहिले
केही अन्तराल बिताईसक्दा धेरै उतारचढाव भोगीसके र भोग्दैछु
। महत्वाकाङ्क्षाहरु
घाताङ्कीय क्रममा उधो लाग्दै गए
। पहिलो
वर्ष मेरो अध्ययनको विषयमा के-के न गर्छु
जस्तो लाग्थ्यो । थुप्रै
रिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो । तर
निरस र एकैखाले
दैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम
आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो ।
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन एउटा निश्चित र महत्वपूर्ण उद्देश्यका प्राप्तीका
निम्ति अनुबन्धित छ ।
तर उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन् ।
मोवाइलको
अलराम सगैँ ब्युझिन्छु । प्रोफेशर
भन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु । आफ्नो
डेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु । कफी
पिउँदै एकलट इमेल चेक गर्छु । अनलाईन
न्युजहरु सरसर्ती हेर्छु । सामाजिक संजालाहरुमा
एकफन्को मार्छु
। त्यसपछि
ल्यावको काम तिर ध्यान मोड्छु । अघिल्लो
दिनको अधुरो कामलाई
निरन्तरता दिन्छु । यतिकैमा
लन्च टाइम हुन्छ । लन्च
पछि पुनः काम सुरु गर्छु । काम
गर्यो , मेहनत
गर्यो, समय
खर्चियो
। तर
जीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ ।
साझँ पर्छ । मस्तिष्कको
उर्जा शिथिल भैसकेको हुन्छ । सुन्य परिणामले
फ्रस्टु पारेको हुन्छ । ल्याव
नोट, ल्याव
रिपोर्ट, पेपर
र रिसर्च
प्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन । यसरी
पुरै दिन र लगभग
आधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ । अनेक
तिक्तताका बाबजुद मेरो “पिएचडी
चक्र” यसरी नै चलायमान भईरहेको छ ।
मेरो “पिएचडी चक्र” कोरियामा
अध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला । पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक र रोमान्चित
विकेन्ड हुन्छ । समय
लाग्ने प्रयोगहरुले गर्दा धेरैले त ल्यावलाई
नै आफ्नो डेरा बनाउछन् । फाष्टफुडहरु
प्रायः हाम्रो लन्च बन्छ । फ्रिजका
वासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ । कहिलेकाहीँ
हुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् । त्यस्ता
पार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान र ल्यावकै
सेरोफेरोमा सेलाउँछ ।
पिएचडीको
उत्तरार्धमा त इमेलहरुले
पनि चैनले बस्न दिदैन । इन्बक्समा
टोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनै
निकै पिडादायक । रिसर्च
पेपरहरु राम्रो जर्नलमा “अक्सेप्टेड” लेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ ।
पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामी “रिजेक्टेड”, “रिभ्यु”, “अक्सेप्टेड” जस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ । एउटा
पेपर कम्तीमा चार, पाँच
वटा जर्नलबाट “रिजेक्टेड”
को घाउ नपाए सम्म छापिन मुश्किल पर्छ । इमेल
रिफ्रेश गरिरहने लत लाग्छ । र
कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ ।
एकाध विदामा कतै गएको
बेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटा
जर्नल छापियो ? कहिले
ग्र्याजुएशन हुदैछौँ ?” अवोध
केटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला
सुम्सुम्याएर दिक्क बनाए जस्तै, यस्ता
प्रश्नहरुले अनाहकमा
मलाई दिक्क बनाउँछ । मनमा
चसक्क घोच्छ । आफैलाई
बुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षित
हुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् । गर्लफ्रेन्ड
हुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर सम्म पुग्छन् । जहिले
ल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे । विकल्प
खोज्न बाध्य बन्छे । अनि
आफ्नो बाटो तताउन विवश पर्छे । बिहे
गरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला ।
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ । म
जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको त पिएचडी
एउटा कहर नै सावित हुन्छ । त्यसमाथि
घरपरिवार, श्रीमती
पनि सोही स्टाइपेन्डमा
निर्भर छ भने
महिनाको अन्त्यतिर खल्तीमा मानओन
पनि बच्दैन । दौतरीहरु कोहि विदेशमा त कोही
स्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ । चार, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश हुन्छ ।
जीवन
यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा
निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ ।
त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा
पनि तितो लाग्छ जीन्दगी ।
पिएचडी
प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ ।
एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी
पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता
विविध समस्याहरुको पर्खाल भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु
बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा
यस्तो घडी आउँछ जहाँबाट उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी
आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी
सोधकर्ताहरु सक्षम हुन्छन् ।
समग्रमा
पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै
अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न
सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु
भन्ने अचम्म लाग्न सक्छ । तर सुस्तरी हामी
बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन
जीउने कला समान्तर रुपमा सिक्दै गईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त
रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन
पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा
त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी
वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका
सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर
भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात
आफ्नै देश, आफ्नै समाजमा फर्केर पुग्दा
सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश हुन्छ । पिएचडीको आफ्नै मान
भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ ।
त्यहीभएर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।
-धिरज
चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf
That's wonderful stuff you've written up here. Been searching for it all around. Great blog
ReplyDeleteGynecologist in Bangalore | IVF Treatment Centre in Bangalore| Fibroid Uterus Removal in Bangalore | Hysteroscopy in Bangalore