गजल
मन मेरो उपहार
भयो, तन मेरो नासो
भयो ।
जीवनको यात्रामा
प्रेम मेरो मुक्तिको पासो भयो ॥
जीन्दगिको कस्तो
नाम हो यो प्रीत लाउदा पीडा हुने,
पीडा सगैँ मन
पोल्यो मन मेरो ध्वाँसो भयो ॥
तिमिसगँ पीरती
बस्दा साथीभाइ खासखुस गर्छन्,
हिजोआज सबैको
गफमा हाम्रो प्रेम चासो भयो ॥
आफु बेचिएर
प्रेमको नाममा वेश्या बन्नेहरु,
वेष्या बन्नेलाई
हाम्रो प्रेम हाँसो भयो ॥
सद्भभावको वीज
उमार्न खोज्दा बाढी आई बगायो,
प्रेमको टुसा
फक्राउन खोज्दा समाज हाम्रो ब्वासो भयो ॥॥॥
- -धिरज चौधरी
0 comments:
Post a Comment