गजल
जता
गयो उतै हुने, सस्तो भन्ने
माया हैन ।
घरिघरि
साथ दिने, साथ भन्ने छायाँ
हैन ॥
देउरालीको
प्रीत मझेरीमा टुट्छ भने,
छियाछिया
मुटु हुन्छ, घाउ भन्ने चाया
हैन ।
बलेसीँको
पानी खस्दा होस खुल्ने प्रेमीहरु,
तनधनमै
मन नमार, मन बोक्ने काया
हैन ।
भित्रभित्रै
छुरा चल्यो, रगत जति भित्रै
सुक्यो,
मलमपट्टी
लाउदा घोच्ने शब्द
हान्ने दाया हैन ।
साथी
भन्ने सबै जति असल हुन्छ भन्ने छैन,
मिठो
मुस्कुराउदाँ फस्ने सबै ठिटी जाया हैन ॥
-धिरज चौधरी
dami gajal babal chha hai keto ko kekh chai
ReplyDelete