Explore The Beautiful Life

As the sun rises start exploring the world .

Friday, March 24, 2017

तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया नबनून्

तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया नबनून् Phoimahadev, Kalikot, Nepal कठ्याङ्ग्रिँदो जाडो छ । पल्लो डाँडोमा सेताम्मे हिउँ देख्छु । तीला कर्णाली पनि शान्त छिन् । जाडोले गर्दा बग्न बिर्सेर सुस्ताएकी छिन् । गाडीबाट झर्ने बित्तिकै चिसो सिरेटोले म लुगलुग काम्न थाल्छु । कालिकोटमा पुसे जाडो असह्य हुन्छ ।  पूरै शरीर कक्रिन थाल्छ । राचुली यही हो भनेर काक्रेबिहार बसले झिसमिसेमै ओरालिदिएको थियो । तर, म पुग्नुपर्ने ठाउँ फोइमहादेव पुग्न...

Thursday, March 16, 2017

धुलोमा अल्झिएको विराटनगरको फड्को

धुलोमा अल्झिएको विराटनगरको फड्को Biratnagar Dust Pollution परदेशबाट घर जाने टुङ्गोले मन फुरुङ्ग थियो । दक्षिण कोरियाको प्राध्यपकहरुको चङ्गुलबाट फुत्किन​ कम गाह्रो थिएन । जसोतसो विदा स्विकृत भयो । विदा पक्का भ​एपछि नेपाल ग​एर यसपाली यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु, त्यहाँ जान्छु जस्ता यावत योजनाहरु आफैँ उनिन्दै अनि आफैँ फुस्किदै थियो । अन्ततः पुषको अन्तिम जाडोमा कोरियाबाट मलेशिया, मलेशियाबाट काठमाण्डौँ ट्रान्जिट हुदै आफ्नो थलो विराटनगर...