Explore The Beautiful Life

As the sun rises start exploring the world .

Thursday, August 31, 2017

अन्तरजातिय बुहारी

कथा अन्तरजातिय बुहारी वाक चतुर्याईमा म अलिक लुरे नै थिए । कम बोल्ने स्वभावले गर्दा काम बाहेकका विषयमा त्यति गफिन सक्दिन थिए । तर अविना सगँ कुन रसायनले काम गर्यो त्यसको भेउ नै पाईन ।  कुराहरु यति धेरै फुर्थ्यो, मानौँ कुराहरुको मूल फुटेर गफहरुको बाढीमा एक अर्कालाई सुनेर बगिरहन्थ्यौँ । ऊ भन्थी- तपाईको कुराहरुबाट​ म मोहित हुन्छु । सुनिरहुँ लाग्छ तपाईका शब्दहरु । काम सगँसगैँ समयहरु उनीसगँ प्रेमिल बन्दै गयो र हामी एक अर्काको लागि अभिन्न पात्र बनिसकेका थियौँ । अविना र मेरो महत्वपूर्ण​ प्रयासबाट लम्पनटारमा सन्तुलित आहार सम्बन्धि सचेतनाले...

Thursday, August 24, 2017

पिएचडी फोविया

अनुभव​ पिएचडी फोविया “अनुसन्धान त्यो कार्य हो जुन म गरिरहेको हुन्छु तर मलाई नै थाहा हुदैन म के गरिरहेको हुन्छु ।“ कोरियाको ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै छ​ । दिनहुँ चौध-पन्ध्र​ घण्टा व्यस्त रहन्छु । तर मलाई स्वयम थाहा हुदैन म के मा व्यस्त रहन्छु । मध्यरात ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज के गरे ?” छटपटी सुरु हुन्छ । निन्द्रा लाग्दैन । दिनभरिको उपलब्धी केही भेट्दिन । अर्को दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै...