कथा
अधुरो
बिहे
यात्रा अझै चार
घण्टा बाकी थियो
। महेन्द्रनगरबाट विराटनगरको
बाटो करिव चैध-पन्ध्र घण्टा होला
। पट्यारलाग्दो तरिकाले
मैले दश घण्टा
कटाइसकेको थिए ।
शिक्षक सेवा आयोगको
विज्ञान विषय मावि
तहको परिक्षा उत्तिर्ण
गरि शिक्षकको रुपमा
म मोरङ जिल्लाको
गोविनपुर गाविसको मावि
स्कुलमा नियुक्ति थाप्न गईरहेको
थिए । सुदुरपश्चिमको
परिवेशमा हुर्केको अल्लारे ठिटो सुदुरपुर्वको भूमिमा कर्मथलो बनाउन
कस्सिएको थिए ।
नयाँ ठाउँ, नयाँ
मानिस, नयाँ वातावरण
कस्तो होला कल्पना
गर्दै म दिउसो
दुई बजेतिर गोविनपुर
विध्यालयको प्राङणमा पुगेको थिए
।
सिसौका रुखहरुमा नयाँ
पालुवाबाट वसन्त ऋतुको छनक प्रष्टै आइरहेको थियो । विध्यालयको प्राङणमा पुग्ने वित्तिकै
आउदो जेठ महिना प्रस्सतै लिचीको स्वाद चाख्न पाइने आभाश त्यहाँ रहेका लिचीका बोटहरुमा
फूलेका फूलले परैबाट दिईरहेको थियो । विध्यालय हातामा प्रवेश गर्ने बित्तिकै मैले एक
जना सरलाई भेटेँ । सामन्य परिचय पछि उहाँले मलाई हेडसरको अफिस दोस्रो तल्लामा रहेको
अवगत गराउनु भयो । हेडसरको अफिसमा सबैसगँ परिचय गरेर त्यस दिनको हाजिर पश्चात उहाँले
मेरो लागि कोठा खोजिदिनुभएको घरमा लानुभयो । काठको घर, दक्षिण-पूर्व फर्किएको, अगाडि
बार्दलि, राम्रै थियो कोठा । थकानले गर्दा त्यसदिन मैले केहि गर्न सकिन, आराम गरेर
कोठामा बिताए ।
भोलीदेखि गोविनपुरको
मुटुमा रहेको विध्यालयको स्थाई शिक्षकको रुपमा मेरो दिनचर्या सुरु भयो । नयाँ ठाउँ
सुरु सुरुमा अप्ठ्यारो लागे पनि सबैकुरा विस्तारै सहज हुदै गयो । महिना, दुई महिनामै
म सबै सगँ हेलमेल भए।
दिनहरु बित्दै थिए ।
जेठ-असारको घाम, साउने झरिको हिलाम्मे बाटोहरु, पुष-माघको सितलहरहरु, र चैत-वैशाखको
कोइलीको सुमधुर आवाज सबैसगँ साईनो गाँस्दै गोविनपुर बस्न थालेको नि एक वर्ष पुरा भईसकेको
रहेछ । यस्तैमा एकदिन पुषको न्यानो घाम ताप्दै हामी स्टाफ साथीहरु गफिदै थियौँ । कुरैकुरामा
हेडसरले जिस्काउँदै भन्नुभयो, "विजय सर, यसपाली त बिहे गर्ने होइन ।"
जिस्किदै मैले नी भने,
"गर्ने त हो सर । तर लगन जुर्नुपर्यो नी ।"
"लगन त जुराउने
हो, अचेल आफैँ जुर्दैन ।" सामजिक पढाउने तामाङ सरले कुरा थप्नु भयो ।
यस्तैमा अम्बिका मेमले,
"सिरियसल्लि सर, तपाईलाई सुहाउने एउटी केटी मेरो नजरमा छे । सायद जात पनि मिल्छ
कियारे । तपाई इन्ट्रेस्टेड हुन्नुन्छ भने म कुरा अगाडी बढाउन सक्छु" भन्नुभयो
। मैले हुन्छ भन्नुभन्दा अगाडी नै अरु साथीहरुले "हुन्छ हुन्छ, कुरा अगाडी बढाउनु
मेम्" भनेर गिज्याउन थाले । कुरोको पोको फुकाउँदै मेमले उनको नाम शान्ता हो ।
स्टाफ नर्स सकेकी । घर परिवार सबै राम्रो हुनुहुन्छ ।" भन्दै उसको बारेमा थुप्रै
कुराहरू सुनाउनु भयो ।
सबैको दबावमा परेपछि
मैले, "हुन्छ मेम, पहिला उनको फोटो हेरौँ अनि सोचौँला" भनेर कुरा टारे ।
तत्कालै मेमले फेसबुक खोलेर शान्ताको तस्विर देखाउनुभयो ।
लगभग ५.५ ईन्च हाइट,
असिमेट्रिक हेयर स्टाईल, लाम्चो अनुहार, फिक्का गोरी, नर्स ड्रेसमा सजिएकी फेसबुकको
त्यो फोटो मलाई राम्रै लाग्यो । ख्याल ठट्टामा निस्केको बिहेको कुरा मेरो मनमा चाँहि
गहिरो असर पर्यो । भोलिपल्ट स्कुलको ब्रेक टाइममा म आफैँले अम्विका मेमलाई एकचोटि केटी
र केटीको घरपरिवार सगँ भेटघाटको चाजोपाजो मिलाउनुपर्यो भनेर अनुरोध गरे ।
अम्विका मेमले -
"म कोशिस गर्छु" भन्नुभयो ।
माघीको दिन शान्तालाई
पहिलोचोटी प्रत्यक्ष भेट्न पाएँ ।
अम्विका मेम, हेड सर
र म शान्ताको
घर गएका थियौँ
। कुराको श्री
गणेश हेडसरले गर्नुभयो । शान्ताको
बुवा आमा सगँ
घरपरिवार, जात, गोत्र आदि
इत्यादीको बारे कुराकानी
पश्चात शान्ता र मलाई
बैठक कोठामा एक्लै
छाडेर सबै बाहिर
निस्के । दुवै
जना अलिअलि आत्तिएका,
बोल्न अप्ठ्यारो, मुहारमा
लज्जाभाव, र नर्भसले
गर्दा बोलि नै
लरबराई रहेको थियो ।
जसोतसो सामन्य कुराकानी गर्यौँ
। फेसबुकमा
एड गर्यौ ।
र पछि फेसबुकमा
कुराकानी गर्ने सल्लाह भयो
।
भेटघाटको करिव चार दिन
पछि बल्ल उ सगँ च्याट गर्ने अवसर जुट्यो । यसपश्चात फेसबुकमा हाम्रो घण्टौँ गफ हुन थाल्यो । एकछिन अनलाईन नहुदाँ फेसबुकका
मेसेज बक्सहरु उनको सन्देशले टन्न भरिन्थियो । समय सगँसगै सम्पर्क बढ्दै गयो । फेसबुकबाट
हुदाँहुदै फोनमा समेत घण्टौँ कुराकानी गर्न
थाल्यौँ । नजिकिदै गएको हाम्रो सम्बन्धमा अप्ठ्यारो लाग्ने सिमाका सम्पुर्ण रेखाहरु
धुमिल भइसकेको थियो ।
चैत्र तीन गतेका दिन
उनको जन्मदिनमा मैले बिहेको प्रस्ताव राखे । हामिले एकअर्कालाई राम्ररि बुझिसकेको,
घर-परिवारको मन्जुरी र एक प्रकारको हामिबिच पलाएको प्रेमले गर्दा उनलाई मेरो बिहे
प्रस्ताव स्विकार्न समय लागेन । अनि दुबै तर्फको परिवारको सल्लाहमा जेठ १७ गते हाम्रो
बिहेको डेट फिक्स भयो।
खुशीको महासागरमा हामी छलाङ
लाउदै थियौँ ।
भविष्यको कल्पनाहरु, जिवनको योजनाहरु
र सुखको त्यान्द्राहरु
उन्दै थियौँ ।
पलभरमै सबै सपनाहरुमा
डढेलो लाग्यो ।
"शान्ताको
ब्लड रिपोर्टमा एच. आई.
भि. पोजेटिभ ।"
मेरो इन्बक्समा उर्मिलाको
मेसेज आयो ।
उर्मिला शान्ता सँगै कोशि
अस्पतालमा काम गर्थिन
।
म छागाँबाट खसे जस्तै
भए । अवाक भए
एकछिन । मेरो
खुट्टाहरु चलेन ।
म स्कुलमै बेहोश
भएछु ।
पखांको हावामा एकछिन बसेपछि
होशमा आए ।
र अम्विका मेमलाई
इन्बक्सको मेसेज पढ्न दिए
। तुरुन्त मेमले
शान्ताको बुवालाई फोन गर्नुभयो
। फोनमा बुवा
रुन थाल्नुभयो ।
बाकी कुरा हुनै
पाएन । तत्कालै
म र भक्त
सर शान्ताको घर
गयौँ । आँगनभरि
मान्छेहरु थिए ।
आँगनको उत्तरपट्टिमा थिईन सेतो
कपडा भित्र सधैभरिलाई निदाएकी मेरि
शान्ता । बनिसकेको घर एकाएक भत्कियो । उनिसगँ बिताएका
प्रत्येक समयहरु मस्तिष्कमा झल्झली आइरहयो। सिसौका छहारीमा उनको काखमा ढल्केर बिताएका
क्षण होस वा नजिकिने नाममा हामिबिच रहेका सबै पर्खालहरु भत्काएका पल, सबै फनफनी घुमिरहयो ।
केहि समयपछि एकदिन जिशिका
छेउमा उर्मिला सगँ मेरो भेट भयो । कफी खादै गफ गर्दा उर्मिलाले भनिन्,"दाइ एकचोटी
तपाई पनि रगत जाँच गर्नुस” । त्यसैदिन उनैले चिनेको ल्याबमा गएर एच. आई. भि.
जाँच गराए । तीन दिन पछि धन्न मेरो रगतको रिपोर्टमा एच. आई. भि.
नेगेटिभ आयो । ब्लड रिपोर्टको एच. आई.
भि. नेगेटिभ सँगै मनमा अनेकन प्रश्नहरु
उब्जियो । मलाई एच. आई.
भि. नेगेटिभ आउनुको अर्थ शान्तालाई पहिला
कहिल्यै एच. आई. भि. थिएन । सुसाईड गरेर यो संसारबाट उनी बिदा
भएपनि बेलाबेला आजपनि एउटै प्रश्नले सताईराख्छ "आखिर उनलाई एच. आई. भि.
कसरी लाग्यो ?"
प्रकाशित मिति: शनिबार, आषाढ ११, २०७३ १०:२५:५२
(http://setopati.com/sahityapati/48776/)
0 comments:
Post a Comment