
कथा
कोरियन ज्वाई
उ दङ्ग थियो । "छोरीको राम्रै केटासगँ बिहे गेरिदिएछु" भन्दै उ गाउँको चौतारीमा फलाक्दै पनि हिड्थ्यो । उ, अर्थात देवीलाल पाण्डेलाई राम्नाकोट वडा नं. तीनमा सबैले कोरियावाला ज्वाईको ससुरो भनेर चिन्न थालिसकेका थिए । अझ कोरियामा श्रमिकको तलब ७.३ प्रतिशतले बढ्दा देवीलाल गाउँका दुईचारजना बुढाहरुलाई आफ्ना ज्वाईको बखान चुटेर वाक्क पार्थे ।
एक वर्ष अगाडी मात्रै उसले आफ्नी छोरी झुमाको बिहे नन्दबहादुर सगँ गरिदिएको थियो । त्यतिखेर उसलाई...