Explore The Beautiful Life

As the sun rises start exploring the world .

Thursday, December 29, 2016

गजल​

       गजल​ जता गयो उतै हुने, सस्तो भन्ने माया हैन । घरिघरि साथ दिने, साथ भन्ने छायाँ हैन ॥ देउरालीको प्रीत मझेरीमा टुट्छ भने, छियाछिया मुटु हुन्छ​, घाउ भन्ने चाया हैन । बलेसीँको पानी खस्दा होस खुल्ने प्रेमीहरु, तनधनमै मन नमार​, मन बोक्ने काया हैन । भित्रभित्रै छुरा चल्यो, रगत जति भित्रै सुक्यो, मलमपट्टी लाउदा घोच्ने शब्द हान्ने दाया हैन । साथी भन्ने सबै जति असल हुन्छ भन्ने छैन​, मिठो मुस्कुराउदाँ...

Wednesday, December 21, 2016

गजल​

गजल​ देश घुमेर बेश भयो । हत्याहिसांको भेष देख्यो ॥ बुद्धको देशमा शान्ति हरायो । जतातै अशान्तिको केश भयो ॥ गोला र बारुद्धको शासन चल्यो । संविधानको पाना जाडो छल्ने खेश भयो ॥ दुई बन्दुकको युद्ध उग्र भयो कलमहरुको संघर्ष लेश भयो ॥ गिद्धले सबैलाई आफ्नो सिनु बनायो । लाशहरुको सगरमाथाको देश भयो ॥ -धिरज चौधर...

Monday, December 19, 2016

रेस्टुरेन्ट गफ​

रेस्टुरेन्ट गफ​ सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् "धेरै काम नगर । तीन​, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।" हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ । यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु...

Sunday, December 11, 2016

गजल​

गजल​ मन मेरो उपहार भयो, तन मेरो नासो भयो । जीवनको यात्रामा प्रेम मेरो मुक्तिको  पासो भयो ॥ जीन्दगिको कस्तो नाम हो यो प्रीत लाउदा पीडा हुने, पीडा सगैँ मन पोल्यो मन मेरो ध्वाँसो भयो ॥ तिमिसगँ पीरती बस्दा साथीभाइ खासखुस गर्छन्, हिजोआज सबैको गफमा हाम्रो प्रेम चासो भयो ॥ आफु बेचिएर प्रेमको नाममा वेश्या बन्नेहरु, वेष्या बन्नेलाई हाम्रो प्रेम हाँसो भयो ॥ सद्भभावको वीज उमार्न खोज्दा बाढी आई बगायो, प्रेमको टुसा फक्राउन...

Monday, November 21, 2016

पत्रकारको योग्यताको सवाल

पत्रकारको योग्यताको सवाल केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभाव बारे महाभारत नै उल्लेख थियो । त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको...