अस्तित्ववोध
त्यहाँ एक्कासी बज्रपात पर्छ ।
शत्रुको सन्निकट उपस्थितिले,
उनीहरु अत्तालिन्छन्,
खेतको डिलैडिल दौडिन्छन्,
अनि,
आफुतिर सोझिएका बन्दुके फोहोराहरुबाट छेलिन खोज्छन् ।
उनीहरु शत्रु हुन या होइनन् ?
तर,
सबैले शत्रुहुनुको भाव पोख्छन् ।
उनीहरु हीतकारी छन् या छैनन् ?
तर,
सबैले अहितकारीको लेप लाईदिन्छन् ।
उनीहरु देशद्रोही हुन या होईनन् ?
तर,
सबैले विखण्डनकारी देख्छन ।
उनीहरु,
सदियौँ देखीको पीडाहरुबाट थलिएका छन् ।
आफ्नै जङ्गलको झ्याँसहरुमा
आफ्नै अस्तित्ववोधको पीडा भेट्छन्,
आफ्नै जङ्गलको धुनहरुमा
आफ्नै गीतहरु नबज्दाको पीडा सुन्छन्,
आफ्नै जङ्गलको रुखहरुमा
आफ्नै गुडहरु भत्किदाको पीडा पोख्छन् ।
फगतको आत्माङकुरित त्राशहरुले,
उनीहरुका,
कयौँ वसन्तहरु धुमिलिए,
कयौँ पालुवाहरु उजाडिए,
कयौँ कोईलीहरु मारिए
।
नव याम आउला,
नव वर्ष आउला,
नव समय आउला,
यस्ता आशाका त्यान्द्रा उन्दै उनीहरु
सोच्छन्-
आफ्नै पुर्खाको जङ्गलमा ओत लाग्न
पुर्ख्यौली सिहंहरुको हत्या गर्नु नपरोस,
आफ्नै माटोमा अस्तित्ववोधका निम्ति
पुर्ख्यौली व्वाँसोहरु सगँ युद्ध लड्नु नपरोस,
र
आफ्नै इतिहासाका पानाहरुमा नाम कोराउन
पुर्ख्यौली सुगाँहरु सगँ थुतुनो च्यात्नु नपरोस ।
नव वर्ष २०७४ सालको मगंलमय शुभकामना !!!
-धिरज चौधरी
Published in http://suvadin.com/news/words/happy-new-year-