Pages

Sunday, May 8, 2016

गजल​

गजल​


हृदयको  महल  तिमीलाई खण्डहर हुन्छरे

धिरसँग बिहार गर्दा तिमिलाई डर हुन्छरे

गरिबले चामल खाएनी धनी आखाँमा कनिका
मेरो अमृत नी तिम्रो नजरमा जहर हुन्छरे

दान दिदा दानीलाई दान पाउने लालसा हुन्छ
तिम्रो प्रेमको मेरो लोभ तिमिलाइ कर हन्छरे

माछालाई गोहीको भरोसा हुन्न नै भन्छन सबैले
हुदाँ पनि तिम्लाई अर्काकै्र भर हुन्छरे

कस्तो जात पाए मैले सँग आउदा जातै जाने
तिमी पनि नआउ सँगै तिम्रो अर्कै थर हुन्छरे



                                

No comments:

Post a Comment