Pages

Monday, May 9, 2016

कविता

कविता

तिम्रो बुईँ चढ्दै थिए,
मनको ढुकढुकीमा बस्न खोज्दै थिए,
चोइटीएका हामी एक हुन सोच्दै थिए,
अन्यासै तिमिले
मेरो मनको मन्दिरहरु उजाडिदियौ,
मेरा संरचनाहरु क्षतविक्षत बनाइदियौ,
हाम्रा सदभावहरु धुवाको मुस्लोमा उडाइदियौ

विलासी तिम्रो साम्राज्यमा
सिउँडीका काडाँहरु सँग छल्दै,
गल्लीका साढाँहरु सँग जुझ्दै,
समाजका छाडाँहरु सँग लड्दै,
उठेँ, ब्युझिएँ,
कही कतै नि उदाएँ,
सुर्य​, चन्द्रमा झैँ चम्किन खोजेँ,
तिम्रो विशाल वोधी वृक्षको
एउटा सानो अशं हुन तमसेँ,
हठाट,
गहिरो,लामो निन्द्राको स्वपनबाट ब्युझिदा
आफैँलाई,
तिम्रो ढुकढुकीबाट अलगीएको पाएँ,
दुर छितिजको  कसिङगरको रुपमा पाएँ,
अनि,

कहि कतै आफैँलाई सिमान्तमा पाएँ !!!

No comments:

Post a Comment